नेपाली गोलरक्षक किरण पञ्जाबमा अनुबन्ध भएको भारतीय मिडियाको दाबी

नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङ भारतको दोस्रो डिभिजन लिग हिरो आईलिग टोली राउण्डग्लास पन्जाब एफसीमा अनुबन्धित भएका छन् ।

भारतको टाइम्स अफ इन्डियामा प्रकाशित समाचारअनुसार नयाँ सिजनको आईलिगका लागि पन्जाबले किरणको नाम दर्ता गरेको हो । पन्जाबले उनलाई माल्दिभ्सको माजिया स्पोर्ट्स एण्ड रिक्रिएसमबाट अनुबन्ध गरेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

यद्यपि पन्जाबले भने औपचारिक रूपमा अनुबन्धबारे खुलाएको छैन । अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) फिफाको प्रतिबन्धमा परेपनि खेलाडी किनबेचमा प्रतिबन्ध नरहेकाले पछिल्लो समय किरणसहित ६ खेलाडी लिगका लागि दर्ता भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

एआईएफएफ स्रोतलाई उधृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको समाचारअनुसार ट्रान्सफर म्याचिङ सिस्टम (टिएमएल) एक अनलाइन प्रणाली हो जहाँ अन्तर्राष्ट्रिय खेलाडी स्थानान्तरणका लागि प्रयोग गरिन्छ, यो निलम्बन पछि पनि भारतका लागि खुला रहेको छ ।

पछिल्लोपटक २०१९–२० को सिजन पन्जाबबाटै आईलिग खेलेका किरण लिगका किरण उत्कृष्ट गोलरक्षक चुनिएका थिए । 
 





  • प्रकाशित मिति : भदौ ६, २०७९ साेमबार १२:५५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया