रुसी हमलामा करिब ९ हजार युक्रेनी सेना मारिएका छन् । रुसको हमला सुरु भएदेखि करिब ९ हजार युक्रेनी सैनिक मारिएका युक्रेनका कमाण्डर इन–चीफ भ्यालेरी जालुज्नीले बताए ।
भलेरी जालुज्नीले एक फोरमलाई युक्रेनका बच्चाहरूलाई विशेष ध्यान दिनुपर्ने बताएका छन् । उनीहरूका बुबाहरू युद्धको अग्रमोर्चामा गएका र मारिएका करिब ९,००० नायकहरूमध्ये हुनसक्ने उनले बताए ।
झन्डै ६ महिना लामो युद्धमा युक्रेनी अधिकारीले सैन्य क्षतिको बारेमा बिरलै जानकारी दिने गरेका छन् । यसअघि अप्रिलमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा ३ हजार युनेक्री सेना मारिएका र १० हजार घाइते भएको जनाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।