\
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहित ४ दलले आफना नेता तथा कार्यकर्ताको पक्राउ पुर्जी फिर्ता लिन मागसहित आज आह्वान गरेको नेपाल बन्दको प्रभाव मकवानपुरको हेटौंडामा आंशिक देखिएको छ । बजारहरू खुले पनि हेटौंडा हुँदै अन्यत्र जाने लामो तथा छोटो दूरीका मालवाहक र यात्रुवाहक सवारी चल्न सकेका छैनन् । दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारी सामान्य दिनको तुलनामा कम चलेका छन् ।
एम्बुलेन्स, दूध तथा पानी ढुवानी गर्ने सवारी, इन्धन बोकेका सवारी, प्रेसका गाडी चल्न दिइएको छ । बन्दका कारण हेटौंडा बजार क्षेत्र सुनसान रहेको छ । सुरक्षाको लागि हेटौंडाको चोक चोकमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बन्दलाई मध्यनजर गर्दै बजारको मुख्य चोकमा प्रहरी तथा अन्य क्षेत्रमा प्रहरीको गस्ती टोली खटाइएको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।
हेटौंडामा बन्दको आंशिक प्रभाव, हेरौं तस्बिर :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।