यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । हाल  सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशहरूमा सामान्य बदली भइरहेको छ । बाँकी प्रदेशमा मौसमको अवस्था आंशिकदेखि सामान्य रहेको छ । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा प्रदेश–१ र  बागमती प्रदेशको एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ। 

शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ​सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

लुम्बिनी प्रदेशको एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ​सहित भारी वर्षाको सम्भावना रहेको छ । शुक्रबार राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहनेछ ।

बागमती प्रदेश, गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ​सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शनिबार दिउँसो सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहनेछ । प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ​सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 



शनिबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ​सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ​सहित भारी वर्षाको सम्भावना रहेको छ । 

आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश–१, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानमा मेघ गर्जन/चट्याङ​सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 



प्रदेश–१,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ​सहित भारी वर्षाको सम्भावना रहेको छ । 

आइतबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी प्रदेशका, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ​सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ​सहित भारी वर्षाको सम्भावना रहेको छ ।

  • प्रकाशित मिति : भदौ १०, २०७९ शुक्रबार ६:४८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया