काठमाडौं– चिकित्सा शिक्षामा सुधारको माग राख्दै १६ औं पटक अनशन बसेका डा.गोविन्द केसीको समर्थनमा नेपाल चिकित्सक संघले आजबाट रिले अनशन सुरु गरेको छ ।
डा.केसीकाे जीवनरक्षाकाे माग राख्दै त्रिवि शिक्षण अस्पतालको परिसरमा विहान १० बजेबाट अनशन सुरु गरेका छन्।
रिले अनशन सुरु गर्दै डा. ढुण्डीराज पौडेलले सत्याग्रह हतियारभन्दा पनि बलियो हुने बताए । सत्याग्रहीको निष्ठा र इमानले जस्तो सुकै लडाई पनि जित्न सकिने उनको भनाई थियो ।
नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सरकारले डा.केसीसँग भएको सम्झौताअनुरुप विधायक संशोधन नगरे आन्दोलन चर्काउने बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।