श्रीलंकाका बालबालिका भोकमरीको जोखिममा

आर्थिक संकटका कारण  श्रीलंकाका बालबालिका भोकमरीको चपेटामा परेको राष्ट्रसंघले चेतावनी दिएको छ । दक्षिण एसियाका अन्य देशहरुले पनि यस्तै नियति भोग्नुपर्ने राष्ट्रसंघले चेतावनी दिएको छ । विदेशी सञ्चित मुद्राको अभावमा देशले अत्यावश्यक वस्तुको आपूर्ति हुन सकेको छैन् । जसका कारण खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक सामग्रीको अभाव छ ।

नियमित खाना छाड्ने परिवारहरूले संकटलाई तीव्र रूपमा महसुस गरिरहेका संयुक्त राष्ट्रसंघीय बाल निकाय युनिसेफका दक्षिण एसिया निर्देशक जर्ज लारिया–एडजेईले जानकारी दिए । श्रीलंकाले अप्रिलमा आफ्नो ५१ अर्ब डलरको विदेशी ऋण चुक्ता गरेको र हाल अन्तर्राष्ट्रिय मुद्रा कोषसँग वार्तामा रहेको पनि बताइएको छ । 





  • प्रकाशित मिति : भदौ ११, २०७९ शनिबार ९:०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया