पारसले लिए युएईकाे चाैथाें विकेट

काठमाडाैं– युएईसँगकाे एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजकाे अन्तिम खेलमा नेपाललाई चाैथाें सफलता मिलेकाे छ । नेपालविरुद्ध मैदानमा ब्याटिङ गर्न उत्रिएकाे युएईकाे चाैथाें विकेट पतन भएकाे हाे । नेपालका लागि याे विकेट कप्तान पारस खड्काले लिएका हुन् । उनले मोहम्मद उस्मानलाई आउट गरेका हुन् । 

उस्मान १८ रन बनाएर आउट भए । यसअघि युएईका दुई ओपनर एक रन पनि नबनाई आउट भएका थिए ।  ती दुई विकेट नेपालका लागि सोमपाल कामी र करण केसीले लिएका थिए । युएईकाे तेस्राे विकेट सन्दीप लामिछानेले लिएका थिए । २१ ओभरको समाप्तिसम्म युएईले चार विकेटको क्षतिमा ४८ रन बनाएको छ ।






  • प्रकाशित मिति : माघ १४, २०७५ साेमबार १३:१०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया