शान्तिपूर्ण प्रदर्शनमा भएको दमनविरुद्ध नेवि स‌घको विरोध

काठमाडाैं– नेपाल विद्यार्थी संघले आइतबार गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै विरोध गरेको छ । संसद्ले चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पारित गरेको भन्दै नेवि संघले विरोध गर्दै आएको छ । 

संघले आइतबार भएको दमनको विरोधमा सोमबार बिहान विभिन्न क्याम्पस अगाडि विरोध गरेको छ । नेविसंघले सोमबार बिहान उपत्यकाका त्रिचन्द्र, आरआर, विश्वभाषा, अमृत साइन्स, वाल्मीकि क्याम्पसअगाडि विरोध प्रदर्शन गरेको छ । 

नेवि संघका अध्यक्ष नैनसिंह महरले सरकारले बहुमतको आधारमा आमरण अनशनरत डा. गोविन्द केसीको मागलाई सम्बोधन नगरी चिकित्सा शिक्षा विधेयक पारित गरेकाले नेवि संघले विरोध जनाएको बताए । ‘हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारलाई संरक्षण गरेर शान्तिपूर्ण आन्दोलन गरेका विद्यार्थीलाई लाठी बर्साउने तथा जेल हाल्ने काम भएको छ,’ उनले भने । 

नेवि संघ महामन्त्री कुन्दनराज काफ्लेले कांग्रेस पूर्वसभापति एवं पूर्वप्रधानमन्त्रीद्वयका नाममा स्थापित अस्पताललाई राजनीतिक पूर्वाग्रहका आधारमा स्वीकृति नदिइएको बताए । उनले स्वीकृति नदिएसम्म नेवि संघले निरन्तर आन्दोलन गर्ने बताए । 





  • प्रकाशित मिति : माघ १४, २०७५ साेमबार १३:४०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया