प्रिमियर लिगमा आर्सनलको लगातार चौथो जित

इंग्लिस प्रिमियर लिगमा आर्सनलले लगातार चौथो जित हात पारेको छ । उसले गएराति घरेलु मैदान इमिरेट्स स्टेडियममा फुलहमलाई २–१ ले हराउँदै लगातार चौथो जित हात पारेको हो । 

आर्सनलाई जित दिलाउन कप्तान मार्टिन ओडेगार्ड र गाब्रियल मागलहेसले एक/एक गोल गर्दा फुलहमका एलेक्सान्डर मिट्रोभितले एक गोल गरे ।

खेलको सुरुवाती अग्रता भने पाहुना टोलीले लिएको थियो । ५६ औं मिनेटमा मिट्रोभिचले गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए ।

६४ औं मिनेटमा ओडेगार्डले आर्सनललाई १–१ को बराबरीमा ल्याए । ८५ औं मिनेटमा गाब्रियलले गोल गर्दै घरेलु टोलीलाई २–१ को रोमाञ्चक जित दिलाए ।

यो जितसँगै चार खेलमा १२ अंक जोडेको आर्सनल शीर्ष स्थानमा उक्लिँदा पहिलो पराजय बेहोरेको फुलहम समान खेलबाट पाँच अंकका साथ ११ औं स्थानमा छ । 





  • प्रकाशित मिति : भदौ १२, २०७९ आइतबार ७:१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया