बोलोग्नालाई हराउँदै एसी मिलान सिरी ‘ए’ को शीर्ष स्थानमा

इटालियन सिरी ‘ए’ अन्तर्गत गएरातिको खेलमा एसी मिलानले जित हात पारेको छ । उसले घरेलु मैदान सान सिरोमा बोलोग्नाविरुद्ध २–० को जित हात पारेको हो ।

२१ औं मिनेटमा राफेल लियोले मिलानलाई अग्रता दिलाएका थिए । ५८ औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै घरेलु टोलीलाई २–० को जित दिलाए ।

यो जितसँगै तीन खेलमा सात अंक जोडेर मिलान शीर्ष स्थानमा उक्लिँदा पराजित बोलोग्ना समान खेलबाट एक अंकका साथ १७ औं स्थानमा छ । 





  • प्रकाशित मिति : भदौ १२, २०७९ आइतबार ७:५८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया