बुढीगण्डकी जलविद्युत् आयोजनालाई विद्युत उत्पादन कम्पनी बनाइने

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बहुउद्देश्यीय बुढीगण्डकी जलविद्युत आयोजनालाई यही वर्ष बुढीगण्डकी विद्युत उत्पादन कम्पनी बनाएर अगाडि बढाउने बताएकी छिन् । 

आइतबार मन्त्रालयको पत्रकार सम्मेलनमा एक वर्षको मन्त्रालयको कार्य प्रगति सार्वजनिक गर्दै मन्त्री भुसालले यस्तो बताएका हुन् । बुढीगण्डकी जलविद्युत आयोजना १२ सय मेगावाटको स्टोरेज आयोजना भएको उनले बताइन् । 

मन्त्री भुसालले उक्त आयोजना निर्माणको लागि जग्गा मुआब्जा, पुनर्वासलगायतको काम करिब सकिन लागेको बताउँदै उनले नेपालमा वर्षाको समयमा विद्युत धेरै हुने र हिउँदमा कम हुने भएकाले ३६५ दिन भरपर्दो विद्युत निर्माणको लागि स्टोरेजमा जानुपर्ने आवश्यकता रहेको बताइन् । 

मन्त्री भुसालले मन्त्री भएर आएको एक वर्षमा गरेको महत्वपूर्ण काममा बुढीगण्डकी पनि पर्ने बताइन् । 





  • प्रकाशित मिति : भदौ १२, २०७९ आइतबार १८:३६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया