ला लिगामा बार्सिलोनाको फराकिलो जित

स्पेनिस ला लिगाअन्तर्गत गएरातिको खेलमा घरेलु टोली बार्सिलोनाले फराकिलो जित हात पारेको छ । उसले रियल भालाडोलिडविरुद्ध ४û० को सहज जित हात पारेको हो ।

क्याम्प नोउमा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई, पेड्री र सेर्गी रोबर्टोले एक/एक गोल गरे । खेलको २४ औं मिनेटमा लेवान्डोस्कीको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो ।

४३ औं मिनेटमा पेड्रीले टोलीको अग्रता  दोब्बर बनाए । ६४ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा बार्सिलोनाका लागि तेस्रो गोल गरे ।

थप गरिएको समयमा रोबर्टोले गोल गर्दै घरेलु टोलीलाई ४–० को सहज जित दिलाए । जितसँगै तीन खेलमा सात अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा रहँदा पराजित भालाडोलिड समान खेलबाट एक अंकका साथ १९ औं स्थानमा छ । 





  • प्रकाशित मिति : भदौ १३, २०७९ साेमबार ७:४६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया