दीपक मनाङेले केही बेरमा शपथ ग्रहण गर्ने

पोखरा– स्वतन्त्र उम्मेद्वारीमार्फत मनाङ ‘ख’ बाट प्रदेशसभामा निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेले केही बेरमा शपथ ग्रहण गर्ने भएका छन् । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले उनलाई शपथ ग्रहण गराउने भएका हुन् ।

सर्वोच्चको आदेशमा थुनामुक्त भएका उनको मुद्धा फैसला नभएको हुँदा शपथग्रहण गराउने कि नगराउने भन्ने विषयमा प्रदेशसभामा अन्योल रहेको थियो । मनाङेले शपथका लागि गत पुस ११ गते निवेदन दिएका थिए । 

पुस २२ गते आइतबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले उनलाई तत्काल शपथ ग्रहण नगराउने निर्णय गरेको थियो । समितिको बैठकमा बोल्दै सभामुख नेत्रनाथ अधिकारीले उनलाई तत्काल शपथ गराउन नसकिने बताए थिए । २३ गते मनाङेले सभामुखलाई भेटेका थिए । भेटपछि सभामुखले यसबारे पछिमात्रै निर्णय हुने बताएका थिए ।





  • प्रकाशित मिति : माघ १४, २०७५ साेमबार १८:०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया