कप्तान पारस खड्का ११५ रन बनाएर आउट

काठमाडौं– युएईमा जारी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालका कप्तान पारस खड्काले ११५ रन बनाएका छन् । एक दिवसीयमा सेन्चुरी हान्ने उनी नेपालका पहिलो खेलाडी हुन् । 

युएईले दिएको २५५ को टार्गेट पछ्याउँदै क्रिजमा उत्रिएको नेपालले पारसको विकेटसँगै ६ विकेट गुमायो । पारसले १०९ बलमा १५ चौका र एक छक्काको सहयोगमा ११५ को योगफल तयार पारेका हुन् । 

यसअघि नेपालका रोहितकुमार पौडेल १६, सन्दीप जोरा १९, दीपेन्द्रसिंह ऐरी ६, ज्ञानेन्द्र मल्ल ३१, विनोद भण्डारी ९ रनमा समेटिएका थिए । 
टस हारेर ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाउँदै २५४ रन बनाएको थियो । 






  • प्रकाशित मिति : माघ १४, २०७५ साेमबार १८:५६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया