ला लिगामा एटलेटिकाे मड्रिडकाे कठिन जित

स्पेनिस ला लिगाअन्तर्गत गएरातिकाे खेलमा एटलेटिकाे मड्रिडले जित हात पारेकाे छ । उसले घरेलु टाेली भ्यालेन्सियाविरुद्ध १–० को कठिन जित हात पारेकाे हाे ।

मेस्टाला स्टेडियममा खेलको ६६ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गरेकाे एक मात्र गाेल एटलेटिकाेलाई जित दिलाउन प्रर्याप्त बन्यो । उनले थाेमस लेमारकाे पासलाई पाेस्टकाे दिशा दिएका हुन् ।

याे जितसँगै तीन खेलमा ६ अंक जाेडेकाे एटलेटिकाे छैटाैं स्थानमा रहँदा पराजित भ्यालेन्सिया समान खेलबाट तीन अंकका साथ १४ औं स्थानमा छ । 





  • प्रकाशित मिति : भदौ १४, २०७९ मंगलबार ७:४०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया