‘आत्मनिर्भर नभई स्वाभिमानी बन्न सकिन्न’

पोखरा– उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले मुलुकलाई आत्मनिर्भर नबनाएसम्म स्वाभिमानी बन्न नसकिने बताएका छन् । 

नेकपा गण्डकी प्रदेश पार्टी कमिटीले आज पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री पाेखरेलले उत्पादन एवं उद्यमशीलताको विकास गरी आत्मनिर्भर बन्नतर्फ अग्रसर हुन कार्यकर्तालाई निर्देशन दिए । 

मुलुकमा सरकार र शासनसत्ता परिवर्तन भएको मात्र नभई प्रणालीमा नै परिवर्तन आएको बताउँदै मन्त्री पोखरेलले परिवर्तनलाई आत्मसात् गरी अघि बढ्नुको विकल्प नभएको उल्लेख गरे । 

निर्वाचनमा जनतासमक्ष व्यक्त प्रतिबद्धता पाँच वर्षभित्र पूरा गर्नेमा आफूहरू दृढ रहेको भन्दै उनले त्यसका लागि पार्टी कार्यकर्ता संगठित हुनुपर्नेमा जोड दिए । 

सरकारले गरेका राम्रा कामको प्रचार हुन नसकेको बताउँदै मन्त्री पोखरेलले पार्टी कार्यकर्ता संगठित बन्दै यसको प्रचारप्रसार गनुपर्ने आवश्यकता औँल्याए । कानुन नबनेका कारण जनअपेक्षा पूरा हुन नसकेको वास्तविकतामा सरकारलाई असफल बनाउने षड्यन्त्र भइइरहेको उनको ठम्याइ छ । 





  • प्रकाशित मिति : माघ १४, २०७५ साेमबार २०:५१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया