विद्यार्थीसहित २४८ चालकलाई ट्राफिक प्रहरीले कारबाही गर्‍यो
फाइल तस्वीर

काठमाडौं उपत्यकामा विद्यार्थी सुरक्षा लक्षित जाँच अभियानका क्रममा दुई सय ४८ चालक कारबाहीमा परेका छन् ।

उपत्यकाका विभिन्न ठाउँमा आज गरिएको सवारी साधन जाँच कागजपत्र साथमा नभएका सात विद्यार्थी र ट्राफिक नियम उल्लङ्घन गर्ने दुई सय ४१ जना चालक कारबाहीमा परेका हुन् ।

तीमध्ये मदिरा सेवन गरी सवारी साधन चलाउने तीन चालकसमेत छन् । नयाँबसपार्क क्षेत्रबाट बा३ख १००३ नम्बरको बस चालक, बा१ज ८१८१ नम्बरको माइक्रो बसका चालक र दरबारमार्ग क्षेत्रबाट बा४ख ८०५९ नम्बरको ट्रक चालकलाई मापसे गरी सवारी साधन चलाएको कसुरमा ट्राफिक प्रहरीले कारबाही गरेको हो । 

पछिल्लो केही समयदेखि ट्राफिक प्रहरीले विद्यार्थी लक्षित सवारी साधन जाँच अभियान चलाउँदै आएको छ भने नियम उल्लङ्घनविरुद्धको कारबाही पनि अभियानकै रूपमा अघि बढाएको छ ।  





  • प्रकाशित मिति : भदौ १४, २०७९ मंगलबार २०:१२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया