आजको माैसम : बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

आज दिउँसो दिनभर देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाका अनुसार प्रदेश–१, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ । यसैगरी, राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । 

प्रदेश–१, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार प्रदेश–१, बागमती र गण्डकी प्रदेशका एक/स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 





  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार ७:१८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया