निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान : ४३ वटा प्रश्न सोध्दै समिति

महाभियोग सिफारिस समितिले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासँग बयान लिन सुरु गरेको छ । बुधबार महाभियोग सिफारिस समितिले जबरालाई सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बयान लिन सुरु गरेको हो ।

समितिको बैठकमा जबरा उपस्थित भएको फोटो र भिडियो खिचिसकेपछि सञ्चारकर्मीलाई बाहिर पठाइएको थियो । यसअघि बन्द कोठाभित्र बयान लिने कि खुला भन्नेमा महाभियोग सिफारिस समितिमा बहस चलेको थियो । जसकारण बयान लिन ढिलाइ भएको थियो । 

समितिका सदस्यसमेत रहेका नेकपा (एमाले) का सांसद कृष्णभक्त पोखरेलले बयानलाई खुला राख्नुपर्ने धारणा राखेका थिए । यद्यपि, नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्मा, नेकपा (माओवादी) का रेखा शर्मा र नेकपा (एकीकृत समाजवादी) का कल्याणी खड्काले बन्द बयान लिनुपर्ने अडान लिए । 

महाभियोग सिफारिस समितिले निलम्वित प्रधानन्यायाधीश जबरालाई ४३ वटा प्रश्न सोध्ने भएको छ । जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार गरिएको समितिले जनाएको छ । गत बुधबार समितिले निलम्वित प्रधानन्यायाधीश जबरालाई बयानका लागि बोलाएको थियो । 

आज बिहान ११ बजे नै आफूमाथि लागेको आरोपबारे बयान दिन जबरा सिंहदरबार पुगेका थिए । गत १ फागुनमा सत्तारुढ दलका सांसदले महाभियोग दर्ता गराएपछि उनी स्वतः निलम्बित भएका थिए ।





  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार १३:४०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया