नेपाली फुटबल टोलीका कप्तान किरणले गरे विवाह

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ वैवाहिक जीवनमा बाँधिएका छन् । कप्तान किरणले बुधबार प्रेमिका कञ्चन निरौलासँग विवाह गरेका हुन् । किरण र एयर होस्टेज कञ्चन डेढ वर्षयता प्रेम सम्बन्धमा थिए । 

किरणको विवाहमा नजिकका आफन्त र फुटबल खेलाडी, पदाधिकारीलाई विवाहमा निम्तो दिइएको थियो । गत महिना माल्दिभ्सको शीर्ष डिभिजन लिग धिवेही प्रिमियर लिगको उपाधि जितेको अवसरमा किरणले कञ्चनलाई मैदानमै विवाहको प्रस्ताव राखेका थिए । 

किरण आबद्ध माजिया स्पोर्ट्स एण्ड रिक्रिएसनले माल्दिभ्सको शीर्ष लिगको उपाधि जित्दा उनी उत्कृष्ट गोलरक्षक चुनिए । 





  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार १६:२५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया