उब्रिएको सिट मात्रैमा चित्त बुझाउनेवाला छैनौँ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन दलहरुले आगामी निर्वाचनका लागि बाँकी रहेको सिट मात्रै आफूहरुलाई दिने कुरा स्वीकार्य नहुने बताएका छन् । 

बुधबार पार्टी केन्द्रिय कार्यालयमा युवा संघ नेपालले ‘महाकाली–मेची युवा जागरण अभियान–२०७९’को सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले गठबन्धनमा उब्रिएको सिट मात्रै आफूहरुलाई दिने कुरा स्वीकार्य नहुने बताएका हुन् । गठबन्धन बनाउनका लागि आफ्नो पार्टीले खेलेको भूमिकालाई नजरअन्दाज नगर्न उनले चेतावनी दिए । 

गठबन्धन दुवै पक्षलाई फाइदा हुनका लागि गरिएको उल्लेख गर्दै उनले आफूहरुलाई फाइदा नभएमा कसैको निम्ति भर्याङ नबन्ने स्पष्ट पारे । अध्यक्ष नेपालले आफूहरुले पाँचदलीय गठबन्धनलाई हातेमालो गर्दै अगाडि बढाउन चाहेको बताए ।

संकटको बेलामा साथ दिने सहयात्रीलाई अवमूल्यन गर्न नहुने बताउँदै अध्यक्ष नेपालले सिट बाँडफाँटको विषय छिटोभन्दा छिटो टुंग्याउन चाहेको पनि स्पष्ट पारे । 

युवासंघ नेपालले पत्रकार सम्मेलनमार्फत महाकाली–मेची युवा जागरण अभियान–२०७९ घोषणा गरेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा खर्चिला, भड्किला निर्वाचन प्रचार कार्यक्रम तथा उम्मेदवारलाई बहिष्कार गर्न र पार्टीको निर्वाचन चिह्न कलममा मत माग्ने उद्देश्यले भाद्र १५ गतेदेखि २३ गतेसम्म अभियान सञ्चालन गर्न लागेको युवा संघ नेपालले जनाएको छ । 

अभियानको मूल नारा ‘भ्रष्टाचार र अनियमितताको आधार, भड्किलो र खर्चिलो उम्मेदवार बहिष्कार’ रहेको छ ।
 





  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार १८:१६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया