लिग वानमा पिएसजीको सहज जित, नेयमार र एम्बाप्पेको लय कायमै

फ्रेन्च लिग वानअन्तर्गत गएरातिको खेलमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ । ऊ घरेलु टोली टुलुजविरुद्ध ३–० ले विजयी भएको हो ।

स्टेडियम डी टुलुजमा पिएसजीलाई जित दिलाउन नेयमार, केलियन एम्बाप्पे र जुआन बर्नाटले एक/एक गोल गरे । खेलको ३०औं मिनेटमा नेयमारको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो । 

५०औं मिनेटमा एम्बाप्पेले टोलीको अग्रता दोबार बनाए । ९०औं मिनेटमा बर्नाटले गोल गरेपछि  पिएसजीले ३–० को सहज जित निकाल्यो ।

यो जितसँगै ५ खेलमा १३ अंक जोडेर शीर्ष स्थानमा रहँदा पराजित टुलुज समाज खेलबाट ५ अंकका साथ १३ औं स्थानमा छ ।  





  • प्रकाशित मिति : भदौ १६, २०७९ बिहीबार ७:२२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया