युरोपेली संघका परराष्ट्र मामिला मन्त्रीहरू रुससँगको प्रवेश आज्ञा सम्बन्धी सम्झौतालाई निलम्बन गर्ने सहमति गरेका छन् ।
यो सहमतिसँगै रुसी नागरिकलाई युरोपेली संघका सदस्य राष्ट्रहरूमा प्रवेश गर्न कडाइ गरिने अन्तर्राष्ट्रिय सञ्चार संस्था बिबिसीले उल्लेख गरेको छ ।
युक्रेनलगायतका केही सदस्य राष्ट्रहरूले रुसी नागरिकलाई प्रवेश गर्न पूर्ण रोक लगाउनुपर्ने माग राखे पनि फ्रान्स र जर्मनीले पूर्ण रोक नभई कडाइ मात्र गर्नुपर्ने बताएका थिए ।
रुस युक्रेन युद्ध सुरु भएयता कम्तीमा १० लाख रुसी नागरिकले युरोपेली संघका सदस्य राष्ट्रहरूको भ्रमण गरेका बिबिसीले उल्लेख गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।