मकवानपुरको चार स्थानीय तहमा फैलियो डेंगु, हेटौंडामा नियन्त्रण बाहिर
फाइल तस्बिर

मकवानपुरमा डेंगु रोगको संक्रमण तीव्र गतिमा फैलिँदै गइरहेको छ । १० स्थानीय तह रहेको मकवानपुरमा अहिलेसम्म चार स्थानीय तहमा डेंगुको संक्रमण फैलिएको हो ।

हेटौंडा उपमहानगरपालिकामा सबैभन्दा धेरै ५ सय ४८ जनामा डेंगु संक्रमण भएको छ । त्यस्तै, थाहा नगरपालिकामा एक, मकवानपुरगढी गाउँपालिकामा चार र मनहरी गाउँपालिमा पाँच जनामा डेंगु भेटिएको छ । बाँकी ६ स्थानीय निकायमा भने डेंगुका बिरामी फेला नपरेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । 

जिल्लामा चालू आर्थिक वर्षको १ साउनदेखि अहिलेसम्म ५ सय ५८ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।

‘अन्य स्थानीय तहमा भन्दा हेटौंडा उपमहानगरपालिकामा नै व्यापक डेंगु फैलिएको पाइएको छ । हेटौंडाको पनि ४ र ५ नम्बर वडामा धेरै बिरामी भेटिएका छन्,’ घिमिरेले भने, ‘यो आर्थिक वर्षको हालसम्म ४ मा २ सय २६ जना डेंगु संक्रमित भएको तथ्यांक छ भने ५ नम्बर वडामा ७५ जनामा संक्रमण भएको छ । अन्य वडाहरूमा पनि बिरामी भेटिएका त छन् । तर, अन्यको तुलनामा हेटौंडाको ४ नम्बर वडामा डेंगु नियन्त्रण बाहिर नै गएको छ ।’  





  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार १३:२७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया