इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकता हुन्छ : माधव नेपाल
फाइल तस्वीर

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादीसित मात्र होइन, मुलुकका सबै इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकताका सम्बन्धमा कुराकानी चलिरहेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री नेपालले आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मुलुकका सबै सच्चा इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिए । 

गठबन्धन दलहरूबीच जित्ने आधारमा सिटको बाँडफाँट हुने उनले बताए । विगतमा गठबन्धन दलहरुका उम्मेदवारले जितेको सिटका आधारलाई टेकेर बाँडफाँट हुने अध्यक्ष नेपालको धारणा थियो । 

अध्यक्ष नेपालले वर्तमान अवस्थामा गठबन्धन दल मिलेर जानु नै लोकतन्त्रको सुदृढीकरण, संघीयताको कार्यान्वयन, सुशासन र मुलुकका लागि फलदायी हुने बताए । 

'सिट बाँडफाँटको चाँडै टुङ्गो लाग्ने विश्वास छ', उनले भने । अध्यक्ष नेपालले विगतमा नेकपा (एमाले)ले ल्याएको नागरिकतासम्बन्धी अध्यादेशअनुसार नै वर्तमान सरकारले विधेयक ल्याएकाले यसको विरोध गर्नुको कुनै अर्थ नरहेको प्रष्ट पारे ।





  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार १७:७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया