कांग्रेसलाई हामी ७० सिट दिन तयार छौँ, बालुवाटारमा जति बालुवा पेले पनि तेल निस्किएन : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सिट बाँडफाँडमा नेपाली कांग्रेसको नेतृत्वले अहंकार देखाएके आरोप लगाएक छन् । 

शनिबार विराटगरमा आयोजित पेसागत महासंघको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै उनले काग्रेसको अहंकारकै कारण सिट बाँडफाँड टुंगो नलागेको बताए । 

०७४ सालमा २३ सिट जितेको कांग्रेसले अहिले १०० सिटको माग गरिरहेको भन्दै उनले कांग्रेसको अहंकार आगामी निर्वाचनको बाधकको रुपमा देखा पर्न थालेको बताए। ‘उनले भने, ‘हामी ७० सिट दिन तयार छौँ। तर, सहमति जुट्न सकेको छैन।’

सहमतिको सम्भावना क्षीण हुँदै गएको उल्लेख गर्दै उनले भने, ‘बालुवाटारमा बालुवा पेलेकोपेलै छौँ। तर, तेल निस्किएको छैन।’ सहमतिका लागि पटक–पटक प्रयास भए पनि कांग्रेसले हैसियतभन्दा बढी सिट माग गरेको हुनाले जटिलता उत्पन्न भएको अध्यक्ष नेपालले जिकिर गरे।

चुनावअघि वाम एकताको सम्भावना भने नरहेको उनले स्पष्ट पारे। उनले भने, ‘चुनावअघि वाम गठबन्धनको सम्भावना नरहे पनि चुनावपछि भने अवस्था हेरेर हुन सक्छ।’





  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार १८:५६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया