मिलान डर्बीमा एसी मिलान विजयी

इटालियन सिरी ‘ए’ अन्तर्गत गएरातिको मिलान डर्बीमा एसी मिलानले जित निकालेको छ । सान सिरोमा भएको खेल एसी मिलानले इन्टर मिलानविरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको हो । 

रोमाञ्चक बनेको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा इन्टर पराजित हुन पुग्यो । खेलको २१ औं मिनेटमा मार्सेलो ब्रोजोभिचले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए ।

२८ औं मिनेटमा राफेल लियोले गोल मिलानलाई १–१ को बराबरीमा ल्याए । ५४ औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै मिलानलाई २–१ को अग्रता दिलाए ।

६० औं मिनेटमा लियोले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई ३–१ ले अघि बढाए । ६७ औं मिनेटमा इडेन जेकोले गोल गर्दै इन्टरलाई खेलमा फर्काउन प्रयास गरे पनि त्यो प्रर्याप्त नबन्दा मिलान ३–२ ले विजयी भयो ।

जितसँगै ५ खेलमा ११ अंक जोडेको मिलान दोस्रो स्थानमा रहँदा पराजित इन्टर समान खेलबाट ९ अंकका साथ छैटौं स्थानमा छ  । लिगअन्तर्गतकै अन्य खेलमा नापोलीले लाजियोलाई २–१ ले पराजित गर्दा युभेन्टसले फियोरेन्टिनसँग १–१ को बराबरी खेल्यो ।  





  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार ७:३९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया