अभिनेता विजय देवरकोण्डा स्टारर फिल्म ‘लाइगर’ ले बक्सअफिसमा निर्मातालाई नै नराम्रो पछार्यो । फिल्म चल्नेमा अभिनेता विजय निकै विश्वस्त थिए ।
उनले फिल्मलाई बहिष्कार गर्ने व्यक्तिहरूलाई चुनौती समेत दिएका थिए । तर, सोचेजस्तो भइदिएन । सोही कारण फिल्म बक्सअफिसमा फ्लप साबित भयो ।
अहिले यिनै विजयले निर्मातालाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । यो फिल्म सय करोड बढी बजेटमा बनेको थियो । तर, फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेन ।
यही कारण विजयले निर्मातालाई ६ करोड बढी पैसा फिर्ता दिने निर्णय लिएका छन् । विजयले चार्मी कौर र अर्का सहनिर्मातालाई सहयोग गर्ने घोषणा गरेका हुन् । विजय आगामी प्रोजेक्ट ‘जन गण मन’ निर्देशक पुरी जगन्नाठका साथ गर्दैछन् ।
‘लाइगर’ बक्सअफिसमा असफल भएपछि यसको असर उनको आगामी फिल्मलाई पनि पर्ने देखिन्छ । निर्माताले ‘लाइगर’ असफल भएको देखेपछि ‘जन गण मन’ को बजेट पनि केही कम गरेका छन् ।
विजय र जगन्नाठले फिल्मको पारिश्रमिक नलिने निर्णय लिएका छन् । तर फिल्म सफल भएमा त्यसको नाफाको केही हिस्सा विजयको पनि हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।