सिंहदरबारले स्थानीय तहमा अधिकार दिन चाहेन : पूर्वमुख्यमन्त्री पौडेल

वागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले संघीय सरकारका कारण स्थानीय र प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् । प्रदेश राजधानी हेटौँडामा सोमबार भएको संघीयता सबलीकरणसम्बन्धी छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । 

संघीय सरकारको मानसिकतामा परिवर्तन नभएसम्म प्रदेश र स्थानीय सरकारका कामकारवाही प्रभावकारी बन्न नसक्ने उनले बताए । संघीय सरकारका कारण प्रदेश सरकारले आफ्नो कामको प्रदर्शनलाई देखाउन नसकेको उनको गुनासो छ । 

संघीय सरकार नै प्रदेश र स्थानीय सरकारलाई सवल बनाउन नचाहिरहेको दाबी गर्दै पौडेलले संघीय सरकारले प्रदेश र स्थानीय सरकारको हात बाँधेर राखेको दाबी गरे । 

संघीयता आउनेबित्तिकै दिल्लीका केजरीवालले जस्तो काम गर्नुपर्ने मानसिकता राखिएको उल्लेख गर्दै उनले दिल्लीको जस्तो अधिकार नेपालको प्रदेश सरकारलाई संघ सरकारले दिएको छ कि छैन भन्ने मूल्यांकन गर्ने काम नभएको गुनासो गरे ।

संघीय प्रणाली आफैँमा नकारात्मक नभएको, तर केही बुद्धिजीवीले नकारात्मक प्रचार गर्ने काम भएको उनले आरोप लगाए । संघीयता बलियो बनाउन के कस्ता बाधाहरु छन् भन्ने बारेमा मात्रै छलफल चलेको उनले बताए । 

पूर्व मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले विकास निर्माणको काममा अहिलेसम्म नभएका काम गरेको ठोकुवा गरे । 
 





  • प्रकाशित मिति : भदौ २०, २०७९ साेमबार १७:४०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया