प्रदेश २ का मुख्यमन्त्रीको आरोप– सिंहदरबारमा बसेकाहरु जनतालाई ठग्ने र लुट्ने धन्दामा छन्

जनकपुर– का मुख्यमन्त्री लालबाबु राउतले सिंहदरबारमा बसेकाहरुले जनतालाई ठग्ने र लट्ने धन्दा चलाएको आरोप लगाएका छन् ।

मंगलबार वीरगन्ज उद्योग वाणिज्य संघको ४३औं साधरणसभाबाट निर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले भने, ‘सिंहदरबारमा बसेकाहरुले मुलुक र जनता समृद्ध होस् भन्ने चाहेकै छैनन् । उनीहरु जनतालाई लुट्ने र ठग्ने धन्दामा मात्र लागेका छन् ।’ मुख्यमन्त्री राउतले सिंहदरबारमा बसेकाले देशका उद्योगी व्यापारीलाई पनि लुटिरहेको आरोप लगाए । 

नेपाललाई साँच्चिकै समृद्ध र विकसित मुलुक बनाउने हो भने उद्योगी र व्यपारीलाई राज्यले सम्मान गर्नुपर्ने र उद्योगमैत्री नीति बनाउनुपर्ने भन्दै मुख्यमन्त्री राउतले सरकारको सुखी नेपाली समृद्ध नेपाल भन्ने नारा कागजी नारा मात्र भएको उनले आरोप लगाए । 

सरकारको नीतिमाथि नै प्रश्न गरेका मुख्यमन्त्री राउतले नीति कार्यान्वयन गर्ने तहमा बसेकाहरुको नियत ठीक नभएकाले पनि मुलुक समृद्धितर्फ जान नसकेको टिप्पणी गरे । 





  • प्रकाशित मिति : माघ १५, २०७५ मंगलबार १९:४७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया