लिङ्देनको नाम झापा क्षेत्र नम्बर ३ बाट एकल सिफारिस

राप्रपाले सो पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको नाम झापा क्षेत्र नम्बर ३ बाट एकल सिफारिस गरेको छ । लिङ्देन चौथोपटक झापा ३ बाट उठ्न लागेका हुन्। 

०५६ सालको संसदीय निर्वाचनमा पहिलोपटक उठेका उनी त्यस बेला तेस्रो भएका थिए। ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा लिङ्देन उठेनन्। 

०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा लिङ्देन नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग पराजित भए। ०७४ सालमा वाम गठबन्धनसँग मिलेर उनी कांग्रेस नेता सिटौलालाई पराजित गर्दै उनी पहिलोपटक संसदमा पुगे । 

आउँदो मंसिर ४ गते हुने निर्वाचनमा लिङ्देन पुन उठ्न लागेका छन्। कांग्रेसबाट सिटौलाको नाम सर्वसम्मतले सिफारिस भएको छ। 





  • प्रकाशित मिति : भदौ २१, २०७९ मंगलबार १९:३५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया