बिहीबार कुर्थादेखि बिजलपुरासम्म रेल चल्ने

बिहीबार जनकपुरधामको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म रेल चल्ने भएको छ । निमार्णको मुख्य काम सम्पन्न भइसकेपछि यस खण्डमा रेल गुडाएर दोस्रो चरणअन्तर्गत परीक्षण गर्न लागिएको हो ।

यसअघि पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म रेल सञ्चालनमा आइसकेको छ । दोस्रो चरणमा परिक्षणका लागि बिहीबार कुर्थादेखि बिजलपुरासम्म रेलेको परिक्षण गरिने नेपाल रेल्वे कम्पनीका इन्जिनियर रवीन्द्र शाहले जानकारी दिए । 

उनले १७ किलोमिटर रेल्वे खण्डमा बिहीबार बिहान १० बजेदेखि ५ बजेसम्म रेल गुडाएर परीक्षण गर्न लागिएको बताए । प्रतिघण्टा १०० किलोमिटरको स्पिडमा रेल गुडाएर परीक्षण गरिने उनले जानकारी दिए । 

बिहीबारको ट्रायल सफल भएपछि भारतले बाँकी रहेको तेस्रो खण्डमा पनि छिट्टै रेल गुडाउने शाहले बताए ।





  • प्रकाशित मिति : भदौ २२, २०७९ बुधबार २१:१०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया