दक्षिण कोरियामा आँधी : सात जनाको मृत्यु

दक्षिण कोरियामा हिनामनोर आँधीका कारण एउटा भवनको बेसमेन्टमा रहेको कार पार्कमा फसेर सात जनाको मृत्यु भएको छ । उनीहरू आफ्नो कार सार्न तल गएका बेला आँधीमा फसेका थिए ।

उद्धार टोलीले दुई जनाको उद्धार गरेका थिए । उनीहरू पाइपमा १२ घण्टाभन्दा बढी टाँसिएर ज्यान जोगाएका थिए ।

यस वर्षको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली चक्रवाती आँधी हिनामनोर यस हप्ताको सुरुमा दक्षिण कोरियामा पुगेको थियो । बाढीका कारण बेसमेन्ट पूर्णरूपमा डुबेको थियो । 

राष्ट्रपति युन सुक–योलले उक्त विपत्तिप्रति दुःख व्यक्त गरेका छन् । उनले भने, ‘हिजो राति यो दुःखद घटनाका कारण म निदाउन सकिनँ ।’   





  • प्रकाशित मिति : भदौ २३, २०७९ बिहीबार ६:४४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया