नापोलीविरुद्ध लिभरपुलको फराकिलो हार

च्याम्पियन्स लिगमा इटालियन क्लब नापोलीसँग इंग्लिस क्लब लिभरपुलले फराकिलो हार बेहोरेको छ । लिभरपुल गएराति समूह ‘ए’ अन्तर्गतको खेलमा ४–१ ले पराजित भएको हो ।

घरेलु मैदान स्टेडियो डिएगो अर्मान्डो म्याराडोनमा नापोलीलाई जित दिलाउन जिलिस्की पेनले दुई तथा जाम्बो एन्गुइसा र जियोवानी शिमोनले एक/एक गोल गरे । लिभरपुलका लुइस डियाजले एक गोल फर्काए । खेलको पाँचौं मिनेटमा जिलिस्कीको पेनाल्टी गोलमार्फत नापोलीले अग्रता लिएको थियो ।

३१ औं मिनेटमा एन्गुइसाले टोलीको अग्रता दोब्बर बनाए । ४४ औं मिनेटमा जियोवानीले गर्दा नापोलीले पहिलो हाफमै ३–० को आरामदायी अग्रता बनायो । ४७ औं मिनेटमा जिलिस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–१ ले अघि बढाए ।

४९ औं मिनेटमा डियाजले गोल गरे पछि खेल ४–१ को अवस्थामा सकियो । यो जितसँगै नापोलीले ३ अंक जोड्दा लिभरपुलले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

यही समूहको अर्को खेलमा डच क्लब आयाक्सले स्कटिस क्बल रेन्जर्सलाई ४–० ले  हरायो । 





  • प्रकाशित मिति : भदौ २३, २०७९ बिहीबार ७:२३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया