कांग्रेसले प्रत्यक्षतर्फ १०० सिट नपाए पार्टीभित्रै विद्रोह हुन्छ : शेखर कोइराला
‘गठबन्धनका कारण कांग्रेस अप्ठेरोमा’

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनभित्र पार्टीले प्रत्यक्षतर्फ १०० सिट नपाए विद्रोह हुनसक्ने चेतावनी दिएका छन् । 

बिहीबार जनकपुरधाममा नेपाल प्रेस युनियनले आयोजना गरेको १०९ औं विपी जयन्तीको अवसरमा आयोजित ‘विपी विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबका चुनौती’ विषयक विचार गोष्ठीमा  कोइरालाले यस्तो चेतावनी दिएका हुन् ।

तालमेल गर्दा धेरै सिट छोड्नुपर्ने र त्यसरी सिट छोड्दा समानुपातिक निर्वाचन पद्धतितर्फको मत पनि घट्ने भन्दै उनले त्यहीकारण विद्रोह हुन सक्ने बताएका हुन् ।

उनले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले गठबन्धनभित्र प्रत्यक्षतर्फ १०० सिट पाउनुपर्ने जिकिर गरे । नेता कोइरालाले पाँच दलीय गठबन्धन विचित्रको रहेको टिप्पणीसमेत गरे । उनले कांग्रेसले विचार र सिद्धान्त नमिल्ने दलहरूसँग गठबन्धन गरेको पनि बताए । 

एमालेले संविधानलाई प्रहार गरेपछि त्यसलाई बचाउन गठबन्धन गरिएको भन्दै उनले भने, ‘अब यो गठबन्धन पवित्र हो कि अपवित्र त्यो निर्वाचनपछि मात्र थाहा हुन्छ ।’ 

गठबन्धनको कारणले अहिले कांग्रेस अप्ठेरो अवस्थामा परेको पनि कोइरालाले बताए ।
 





  • प्रकाशित मिति : भदौ २३, २०७९ बिहीबार १५:३०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया