यू-२० एसियन कप छनोट : पहिलो जितको खोजीमा नेपाल, आज कतारसँग भिड्दै

बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज कतारविरुद्ध खेल्दैछ । समूह ‘बी’ अन्तर्गत नेपाल र कतारबीचको खेल शेख अलि बिन मोहम्मद अल खालिफा स्टेडियममा राति ११ः४५ बजे सुरु हुनेछ ।

कतारविरुद्ध मैदान उत्रँदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । नेपालले अघिल्लो खेलमा भुटानसँग २–० को हार बेहोरेको थियो । बलियो टोली कतारविरुद्ध नेपाललाई जित निकाल्न नेपाललाई सहज छैन । कतार जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ ।

पहिलोपटक एएफसी यू–२० एसियन कपको नामले सञ्चालन भइरहेको भए पनि यसअघि यो प्रतियोगिता युथ च्याम्पियनसिप (यू–१९) तथा यू–१९ च्याम्पियनसिपको नामबाट आयोजना हुने गरेको थियो ।

पछिल्लोपटक नेपाल र कतारले सन् २०१३ मा एसिसी यू–१९ च्याम्पियनसिपको छनोटमा एकअर्काको सामना गरेका थिए । जसमा कतारले नेपाललाई २–० ले हराएको थियो ।





  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार ८:०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया