सप्तरीका ८५ भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण

राष्ट्रिय भूमि आयोगमार्फत भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई लालपुर्जा वितरणको काम तीव्र पारिएको छ । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले आज सप्तरी जिल्लाको अग्निसाइर कृष्णसवरण गाउँपालिकामा ८५ भूमिहीन सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण गरिन् । 

राष्ट्रिय भूमि आयोग जिल्ला समिति सप्तरीले अग्निसाइर कृष्णसवरण गाउपालिकाको वडा नं. ४ मा आयोजना गरेको भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले लालपुर्जा वितरण गर्दै भूमिहीन सुकुम्वासी र भूमिहीन दलितको समस्या समाधानको कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताइन् । 

मन्त्री श्रेष्ठले स्थानीय तहले उर्वर भूमिलाई आवासीय क्षेत्रमा वर्गीकरण गरेको सुनिएको भन्दै आजलाई त्यो फाइदा भएको देखिए पनि त्यसले दिगो रुपमा ठूलो असर पार्ने भएकाले त्यसो नगर्न र भूमिको उचित मूल्यांकन गरी कृषियोग्य भूमिको संरक्षण गर्न आग्रहसमेत गरिन् । 

नीति तथा कार्यक्रम र बजेटमा समेत आगामी २ वर्षभित्र भूमिसँग जोडिएका सबैै खालका समस्या समाधान गरिसक्ने भनिएकाले यही आर्थिक वर्षभित्र ३०० पालिकाका पाँचलाख भूमिहीनलाई लालपुर्जा वितरण गरिसक्ने उनले बताइन् । 

अहिलेको सरकार र मन्त्रालय तल्लातहका नागरिकलाई रोजगारी सिर्जना गर्ने, सम्मानपूर्वक जीवन यापन गर्ने र नागरिकको जीवनस्तर कसरी उकास्ने भन्नेतर्फ ध्यान केन्द्रित गरेर योजनाबद्ध रुपमा काम गरिरहेको र नतिजा देखिन सुरु भइसकेको पनि मन्त्री श्रेष्ठले बताइन् । 





  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार १९:१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया