काठमाडौं महानगरले चाडपर्वको मुखमा व्यवसायीको बिचल्ली बनायो : महेश बस्नेत
फाइल तस्बिर

नेकपा एमालेका सांसद महेश बस्नेतले काठमाडौं महानगरपालिकाले मापदण्ड मिचेको जमिन खाली गराउने नाममा चाडपर्वको मुखमा लाखौं व्यवसायीको बिचल्ली बनाएको आरोप लगाएका छन् । 

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बस्नेतले दसैंको मुखमा काठमाडौं महानगरले लाखौं व्यवसायीको बिचल्ली पारेको आरोप लगाएका हुन् ।

उनले उनीहरूलाई उचित क्षतिपूर्ति दिन माग गरे । त्यस्तै, यस्तो कार्य रोक्न काठमाडौं महानगरलाई उनले आग्रह गरे ।

'महानगरबाट मापदण्ड मिचेको जमिन खाली गर्ने सन्दर्भमा समय, उचित विकल्प र क्षतिपूर्ति नदिई दसैँको मुखमा लाखौं व्यवसायीलाई रूवाबासी र बिचल्ली गर्ने काम भइरहेको छ । त्यसका लागि समय, क्षतिपूर्ति र विकल्प दिनुपर्छ भन्ने मेरो माग छ', उनले भने । 

उनले बैठकमा केही बौद्धिक अराजकतावादी शक्तिहरू, अभियन्ता, स्वतन्त्रकर्मी र सञ्चारकर्मी मिलेर सोसल मिडियाको दुरुपयोग गर्दै पार्टी व्यवस्थालाई बिथोल्ने काम गरेको बताए । 

उनले सामाजिक सञ्जालमार्फत नेता-कार्यकर्तालाई बदनाम गर्ने गरेको उल्लेख गर्दै यस्तो कार्य रोक्न सरकारसँग माग गरे । उनले त्यस्ता तत्त्व अन्तर्राष्ट्रिय मिसनबाट परिचालित भएको समेत दाबी गरे । 





  • प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार १५:१२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया