सडकपेटीमा व्यापार गर्न नदिएको भन्दै काठमाडौं महानगरपालिकाविरुद्ध विरोध प्रदर्शन
फाइल तस्बिर

नेपाल स्वरोजगार व्यापार श्रमिक संघले आज काठमाडौं महानगरपालिकामा विरोध प्रदर्शन एवम् धर्ना दिँदै छ । महानगरपालिका भित्र रहेका सडकपेटी र गल्लीहरूमा व्यापार गरेर जीविकोपार्जन गर्ने निम्न वर्गीय स्वरोजगार श्रमिकको सामान कब्जा र गिरफ्तार गर्ने लगायतका कारबाही गरेको भन्दै संघले विरोधका कार्यक्रम गर्न लागेको हो ।

संघले स्वरोजगार श्रमिकको व्यवस्थापन गर्नुपर्ने ठाउँमा विस्थापन गरेको भन्दै त्यसको विरोधमा धर्ना दिन लागेको हो । स्वरोजगार श्रमिकलाई बेरोजगार बनाउने काम महानगरपालिकाले गरेको उनीहरूको आरोप छ । नेपाल स्वरोजगार व्यापार श्रमिक संघले बिहान ११ बजे सुन्धाराबाट विरोधका कार्यक्रम अघि बढाउने जनाएको छ । 
 





  • प्रकाशित मिति : भदौ ३०, २०७९ बिहीबार १०:३९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया