लोसपा कार्यकारिणी समिति बैठक सुरु

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बसिरहेको छ । बबरमहलस्थित केन्द्रीय कार्यालयमा कार्यकारिणी समितिको बैठक बसिरहेको हो । 

आसन्न निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाउनेलगायतका विषयमा छलफल भइरहेको छ । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाउन आउँदो आइतबार र सोमबार (२ र ३ असोज) दुई दिन समय दिएको छ ।

दलहरूले समानुपातिक तर्फको ११० सिटका लागि उम्मेदवारको बन्द सूची बुझाउनुपर्नेछ । जारी बैठकमा बन्द समानुपातिकतर्फको उम्मेदवारको नाम टुंगो लगाउने विषयमा छलफल भइरहेको छ । 

शनिबार (१ असोज) मध्यरातबाट मौजुदा प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिन लागेकाले कार्यकालको विषयमा जारी बैठकले समीक्षा गर्नेछ । 

आगामी निर्वाचनको रणनीति तथा अन्य दलसँग गरिने सम्भावित तालमेल वा गठबन्धनका विषयमा पनि जारी बैठकमा छलफल हुन सक्नेछ । 
 





  • प्रकाशित मिति : भदौ ३१, २०७९ शुक्रबार १४:७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया