फिलिपिन्समा एकै दिन कोभिडबाट दुई हजार १ सय जना सङ्क्रमित भएका छन् । योसँगै त्यहाँ कोभिडबाट ३९ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । त्यस्तै, कोभिडबाट एकै दिन ३१ जनाको ज्यान गएको छ ।
अहिलेसम्म फिलिपिन्समा कोभिडबाट ६२ हजारभन्दा बढीको मृत्यु भएको छ । राजधानी मनिला कोभिडबाट सबैभन्दा बढी प्रभावित छ । फिलिपिन्समा जनवरीमा एकै दिन ३९ हजार सङ्क्रमित फेला परेका थिए ।
तर, अहिले भने दैनिक दुई हजार जनाको हाराहारीमा सङ्क्रमित भेटिने गरेका यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ । फिलिपिन्समा अहिलेसम्म ७२ दशमलव ८ प्रतिशत नागरिकले कोभिडविरुद्धको पूर्ण खोप लगाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।