अछाममा पहिरोमा परी दुई जनाको मृत्यु, सात जना बेपत्ता
फाइल तस्बिर

अछामको विभिन्न स्थानमा वर्षासँगै आएको पहिरोले ठूलो जनधनको क्षति गरेको छ । पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ ।  लगातारको वर्षाका कारण कमल बजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा ठूलो जनधनको क्षति भएको हो । 

जिल्ला प्रशासन कार्यालय अछामका अनुसार पहिरोले तुर्माखाँद गाउँपालिका–५ नारामा दुई घर पुरिएका छन् । जसमध्ये एक घरमा ९ जना रहेकोमा २ जनाको शव स्थानीयले निकालेका छन् । सात जना अझै बेपत्ता रहेका छन् ।

अहिले प्रहरी टोली घटनास्थलतर्फ हिँडेको भए पनि सडक अवरुद्ध भएकाले पुग्न समय लाग्न सक्ने बताइएको छ । कमल बजार – ६ मा पनि पहिरोले घर पुरिएको र त्यसको उद्धार कार्यका लागि टोली घटनास्थल पुगेको बताइएको छ । पूर्ण विवरण आउन बाँकी छ ।  





  • प्रकाशित मिति : असोज १, २०७९ शनिबार ९:०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया