अछाममा पहिरोबाट १२ जनाको मृत्यु, दर्जनौँ घाइते [अपडेट]

अछामको कमल बजार नगरपालिका र तुर्माखाँद गाउँपालिकाका विभिन्न ठाउँमा अहिलेसम्म नौ जनाको पहिरोमा परेर मृत्यु भएको छ । कमल बजार नगरपालिका -६ को ठाँटीमा गएको पहिरोमा  चार जनाको मृत्यु भएको छ ।

त्यस्तै कमलबजारकै वडा नम्बर ८ मा रहेको चाउरे दमाईको घर पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ढकारी गाउँपालिकामा १ घर पुरिएर तीन घाइते भएको र एक जना पुरिएको बताइएको छ । अन्य ३ शव जिल्लाका विभिन्न स्थानमा पहिरोमा पुरिएको अवस्थामा फेला परेका छन् ।

तुर्माखाद गाउँपालिकामा ९ जना बेपत्ता भएको बताइएको छ । अछामका विभिन्न ठाउँमा पहिरोमा परेर दुई दर्जन भन्दा बढी घाइते भएका छन् । घाइते मध्य केहीको अवस्था गम्भीर रहेको स्थानीयले बताएका छन् । 

यसैबीच, गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षापछि अछामका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परि घाइते भएकाहरू र प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् । 

गृहमन्त्री खाँणले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीसँग पनि टेलिफोन मार्फत घटनाबारे जानकारी लिएका छन् । 





  • प्रकाशित मिति : असोज १, २०७९ शनिबार १०:५९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया