अछाम पहिरो : मृतकको संख्या २२ पुग्यो (नामसहित)

अछाममा आएको बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । ढकारी गाउँपालिका, कमलबजार नगरपालिक र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका-६ बस्ने दुई वर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका- ५ बस्ने १७ वर्षीय जानकी शाही, सोही गाउँपालिकाका १७ वर्षीय बिमला शाही रहेका छन् । 

त्यस्तै, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीय मनिषा शाही, १७ वर्षीय कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, एक वर्षीय मेनिका शाही, तीन वर्षीय कल्पना शाहीको पनि पहिरोमा पुरिएर ज्यान गएको छ । 

त्यस्तै, २१ वर्षीय भावना शाही र कमलबजार नगरपालिका-६ बस्ने ३० वर्षीय अमृता कामी, १७ वर्षीय समिता कामी, २१ वर्षीय अर्धना कामी, ९ वर्षीय निखिल कामी, ३६ वर्षीय मैनकला कामी,१५ वर्षीय गीता कामी, १२ वर्षीय सिरु कामी रहेको प्रहरीले बताएको छ ।

यस्तै, कमलबजार नगरपालिका-८ ढुङ्गला बस्ने २६ वर्षीय गम्भीर दमाई, बस्ने २३ बर्षीय भाना दमाई, ६ वर्षीय डिग्रा दमाई, तीन वर्षीय कलु दमाई, चार वर्षीय कल्पना दमाई रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । पहिरोमा परेर ११ जना घाइते छन् ।





  • प्रकाशित मिति : असोज १, २०७९ शनिबार १५:१९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया