प्रदीप खड्काले मागे विकास बोर्ड अध्यक्ष केसीको राजीनामा

अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन् । शनिबार पत्रकार सम्मेलनमा बोल्दै अभिनेता खड्काले यस्तो माग गरेका हुन् । 

अध्यक्ष केसीको विरुद्धमा सर्वोच्चमा मुद्दा परेको छ । सो मुद्दाको पेसीअघि नै राजीनामा दिएमा केसीलाई राम्रो हुने उनले बताए । 

प्रेम गीत–३ लाई असफल बनाउन अध्यक्ष केसीले सो फिल्म रिलिजअघि नयाँ नियम लगाएको खड्काको आरोप छ । रक्सी खाने ठाउँ बिहान ४ बजेसम्म खोलिने, तर सिनेमा हल ११ बजे बन्द गर्ने नियम ल्याउने भन्दै उनले बोर्ड अध्यक्ष केसीको आलोचना गरे । 





  • प्रकाशित मिति : असोज १, २०७९ शनिबार १८:३४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया