\
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै धनगढीमा अनसनरत डा. गोविन्द केसीको सत्याग्रहमा नागरिक समाजले ऐक्यबद्धता जनाएको छ । धनगढीमा २० पटक औँ सत्याग्रह गरिरहेका डा. केसीको जीवन रक्षा र उनले उठाएको माग सम्बोधनका लागि दबाब दिन समाजले ऐक्यबद्धता जनाएको हो ।
सत्याग्रहको सातौँ दिन पुग्दा डा. केसीको अवस्था थप जटिल बन्दै गएकाले उनको जीवन रक्षा गर्न नागरिक समाजले माग गरेको छ । जीवन रक्षाको मागसहित सत्याग्रहप्रति ऐक्यबद्धता जनाउँदै नागरिक समाजका बुद्धिजीवी, कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक, अभियन्तालगायतले धनगढीको पार्क मोडमा प्लेकार्ड बोकेर शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
सत्याग्रही केसीले उठाएको माग सम्बोधनका लागि तीन दिन अगाडि नै वार्ता टोली गठन भए पनि अहिलेसम्म कुनै उपलब्धि नभएकाले नागरिक समाजको तर्फबाट सत्याग्रहमा ऐक्यबद्धतासहित प्रदर्शन गर्ने कार्य भएको घनश्याम भण्डारीले जानकारी दिए ।
डा. केसीले स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका सबै सरकारी अस्पतालहरूको तत्कालको दरबन्दी हालको बेड सङ्ख्या अनुसार बढाइनु पर्ने माग गरेका छन् । जनसङ्ख्या वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गर्नुपर्ने उनको माग छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।