हेटौंडामा ३ सय ६९ जना मोतिविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया

तिलगंगा आँखा अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतसहित हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक टोलीले ३ सय ६९ जना मोतिविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरेको छ ।

तेज कोहली एण्ड रुइत फाउण्डेसनको सहयोगमा हेटौँडा सामुदायिक आँखा अस्पतालले निःशुल्क आँखा जाँच एवं मोतिविन्दुको शल्यक्रिया कार्यक्रम आयोजना गरेको हो । मकवानपुरको भिमफेदी, मनहरी, राईगाउँ बाराको फत्तेपुर, निजगढ, कोहल्वी, पर्साको कटैया, रौतहटको गजुरा, सिन्धुलीको पिपलमाढी र चनेश्वरमा निःशुल्क शिविर आयोजना गरी २ हजार आठ सय २२ जना बिरामीको आँखा जाँच गर्दा ४ सय ९४ जना बिरामीमा मोतिबिन्दु पाइएको थियो ।

तेज कोहली एण्ड रुइत फाउण्डेसनबाट यस वर्ष हेटौंडा सामुदायिक आँखा अस्पताललाई ५ सय जनाको मोतिविन्दुको शल्यक्रिया गर्न खर्च सहयोग प्राप्त भएको हेटौँडा सामुदायिक आँखा अस्पतालले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : असोज २, २०७९ आइतबार १८:२६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया