मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस

न्याय परिषदले आगामी निर्वाचनका लागि ७७ जना जिल्ला न्यायाधीशको नाम सिफारिस गरेको छ । 

परिषदले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मुख्य निर्वाचन अधिकृतमा खटाउने गरी ७७ जना जिल्ला न्यायाधीशको नाम सिफारिस गरेको हो । 

साथै १७ जना जिल्ला न्यायाधीशलाई जगेडाको रुपमा खटाउने गरी नाम सिफारिस गरिएको छ । न्यायसेवाका ८८ जना कर्मचारीलाई निर्वाचन अधिकृतमा खटाउने गरी नाम सिफारिस गरिएको छ । 

निर्वाचनका लागि खटाउने कर्मचारीको नाम सम्बन्धित कार्यालयले सिफारिस गरेपछि निर्वाचन आयोगले उनीलाई नियुक्त गरी काममा लगाउने संवैधानिक व्यवस्था छ । 





  • प्रकाशित मिति : असोज २, २०७९ आइतबार १८:४३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया