सत्तापक्षले जबराविरुद्धको महाअभियोगमा सफाइ दियो : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगमा सफाइ दिएको टिप्पणी गरेका छन् । 

आइतबार ओली निवास बालकोटमा बसेको एमाले सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रधानन्यायाधीश जबरामाथि लागेको महाअभियोगमाथि सत्तापक्षले सफाइ दिएको बताएका हुन् । 

महाअभियोग प्रस्ताव पारित नभई संसदको कार्यकाल सकिएकाले प्रधानन्यायाधीशले सफाइ पाएको उनको भनाइ  । सत्तापक्ष आफूले खनेको खाल्डोमा आफैँ परेकाले प्रधानन्यायाधीशले सफाइ पाएको उनको दाबी छ । 

सरकारले सर्वोच्च अदालतमाथि गोलाबारी गरेको आरोप लगाए । संसदीय प्रक्रियाको निश्चित अवधि हुने भन्दै अध्यक्ष ओलीले आगामी संसदमा पनि सभामुखले महाअभियोग प्रस्ताव घर्रामा राखे भने के हुन्छ ? भन्ने प्रश्न गरे । सरकारले सेना, प्रहरी हातमा लिएर मानिसको घर घेर्न र नजरबन्दमा राख्न नपाउने उनले बताए । 

सरकारले गैरजिम्मेवार क्रियाकलाप गरिरहेको र आफूहरुले त्यसको विरोध गर्ने उनले बताए । लोकतान्त्रिक मूल्यमान्यता र शक्ति पृथकीकरणको सिद्धान्तअनुसार शासन सत्ता चल्नुपर्ने उनले बताए । 
 





  • प्रकाशित मिति : असोज २, २०७९ आइतबार १८:५२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया