राजकुमार दोङको स्वरमा ‘हे मेरी आमा’ बोलको गीत बजारमा

गायक एवं संगीतकार राजकुमार दोङ तामाङको स्वरमा सजिएको ‘हे मेरी आमा’ बोलको गीत बजारमा आएको छ । 

एएस मोक्तान तामाङको शब्द र निर्माण रहेको उक्त गीतमा राजन खतिवडाको संगीत रहेको छ । फनिन्द्र राईले संगीत संयोजन गरेको उक्त गीतलाई किशोर थापाले मिक्सिङ गरेका हुन् ।

गीतको म्युजिक भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् । निशल पौडेलले छायांकन, विकास दाहालले सम्पादन गरेको उक्त म्युजिक भिडियोमा
चाँदनी मोक्तान र कुन्साङ बोम्जनले अभिनय गरेका छन् । 

बाल कलाकार रिसभ स्याङ्बाको अभिनय पनि समेटिएको छ ।





  • प्रकाशित मिति : असोज २, २०७९ आइतबार २१:५०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया